आज पाँचौ दिन लगातर सुनको मूल्यमा रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । पाँचौ दिन पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।
आज(बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख ६० हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्यले दैनिक रेकर्ड राख्दै आएको छ । आइतबार, सोमबार, मंगलबार र बुधबार पनि सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड राखेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।