युनिलिभर नेपालको बम्पर लाभांश घोषणा



काठमाडौं । युनिलिभर नेपालले बम्पर लाभांश घोषणा गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ । यो अहिलेसम्मकै धेरै लाभांश हो ।

कम्पनीले लाभांश प्रयोजनार्थ असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । असोज २७ गतेसम्म कायम रहेका सेयरधनीले आगामी साधारणसभामा भाग लिन पाउने छन् । कम्पनीले दिने लाभांश पाउनेछन् ।


क्लिकमान्डु