आज चौथो दिन लगातर सुनको मूल्यमा रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । मूल्य बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार चार सय रूपैयाँ पुगेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य मंगलबारको रेकर्डभन्दा प्रतितोला सात सय रूपैयाँ बढी हो ।

सुनको मूल्यले दैनिक रेकर्ड राख्दै आएको छ । आइतबार, सोमबार र मंगलबार पनि सुनको मूल्यले अहिलेसम्मकै महँगोको रेकर्ड राखेको थियो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १९ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १९ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।


क्लिकमान्डु