आज पनि बढ्यो सुनको मूल्य, अहिलेसम्मकै महँगो हुँदा कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

आइतबार तोलामा १७ सयले बढ्दै प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएर रेकर्ड राखेको सुनको मूल्य आज फेरि बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५९ हजार २ सय कायम भएको हो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु