रविको कारण अहिलेको अवस्था आएको हो: कुमार रम्तेलको बयानसहित



काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेलले रवि लामिछानेले बीचैमा धोका दिँदा सबै समस्या आएको बयान दिएका छन् ।

सहकारी ठगीबारे छानबिनका लागि गठन भएकोफ संसदीय छानबिन समितिको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा रम्तेलको बयान उल्लेख गरिएको छ ।

ग्यालेक्सी टीभीमा कम्तिमा पाँच वर्ष काम गर्ने सहमति भएको भए पनि ८ महिनामै काम छाड्दा समस्या भएको उनको भनाइ छ ।

उनले आफूलाई सहकारीमा डामी कोषाध्यक्षको रुपमा राखिएकोले कारोबारको बारेमा थाहा नभएको बयानमा उल्लेख गरेका छन् ।

‘निज रवि लामिछाने उहाँको पार्टीको बुटवल–नारायणगढ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईंको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईंको भूमिका छ समेत भनेको थिएँ । ग्यालेक्सी टीभीमा कम्तिमा पाँच वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरिरहेको अवस्थामा तपाईंले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जीबी राईसँग कुरा भइसकेको छ भन्नु भएको थियो’ रम्तेलले बयानमा भनेका छन् ।

सहकारी ठगी मुद्दामा अहिले कारागार कार्यालय कास्कीमा रहेका छन् ।


क्लिकमान्डु