गरिमा क्यापिटलमा डिम्याट र मेरोसेयर खाता खोल्दा बम्पर उपहार



काठमाडौं । दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दसैं तिहार अफर’ सार्वजनिक गरेको छ ।

‘हरेक नेपाली सेयरधनी’ नारालाई आत्मसात गर्दै चाडबाडको उपलक्ष्यमा गरिमा क्यापिटलले उपहार योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोसेयर खाता खोल्दा लक्की ड्र मार्फत भाग्यशाली तीन जना ग्राहकले स्मार्ट वाच जित्न सक्नेछन् । यसका लागि असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म क्यापिटलमा नयाँ डिम्याट र मेरोसेयर खाता खोल्नु पर्ने क्यापिटलले जनाएको छ ।

ग्राहकले यो अफरका लागि खाता खोल्न कमलपोखरी, काठमाडौँस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेबसाइट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने पनि बताइएको छ ।

यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाइन र मोबाइल नम्बरमा सिधै सम्पर्क गर्न सकिन्छ भने वेबसाइटबाट पनि थप जानकारी लिन सकिने बताइएको छ ।


क्लिकमान्डु