पाइलट पेनको शाखा पुतलीसडकमा, एउटै कलमको मूल्य ८८ हजारसम्म



काठमाडौं । जापानीज ब्राण्ड पाइलट पेनको आधिकारिक वितरक फेयर ट्रेड कर्पोरेसनले काठमाडौंको पुतलीसडकमा शाखा खोलेको छ ।

उक्त शाखामा १५ रुपैयाँदेखि ८८ हजार रुपैयाँसम्म मूल्य पर्ने पाइलट, मसी, बोर्ड मार्कर पाइन्छन् । यहाँ बलपेनको मूल्य १५ रुपैयाँदेखि अधिकतम ५ हजारसम्म पर्छ । जेलपेनको मूल्य ६० देखि ८ सय रुपैयाँसम्म पर्ने जनाइएको छ ।

प्रिमियम फाउन्टेन पेनको मूल्य १० हजारदेखि माथी रहेको छ । अन्य विभिन्न भेराइटिका पेन पाउन सकिने कर्पोरेसनले जनाएको छ ।

सन् २०११ देखि नेपालमा पाइलट पेन बिक्री गर्दैै आएको फेयर ट्रेडले यही वर्ष भित्र ललितपुरको झम्सीखेल र पोखरामा शाखा खोल्ने तयारी गरेको कर्पोरेसनकी प्रबन्ध सञ्चालक मीना अग्रवालले बताइन् । ८८ हजार पर्ने पेन कलमका शौखिनहरुले लिने गरेका छन् ।


क्लिकमान्डु