सुनको मूल्य अहिलेसम्मकै महँगो, आज कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको छ ।

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भदौं २१ गते सुन अहिलेसम्मकै महँगोमा कारोबार भएको थियो । उक्त दिन सुन तोलामा एक लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।

यसअघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु