दसैंमा सीजीको थाइल्याण्ड घुम्ने अफर ‘बाइ, विन, फ्लाइ’



काठमाडौं । वर्ल्ड नम्बर वान मेजर अप्लाइन्स प्रोड्युसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले विशेष अफर ल्याएको छ । सीजीले दसैं-तिहार र छठलाई लक्षित गर्दै ‘बाइ, विन, फ्लाइ’ अर्थात् (किन, जित अनि उड) को अफर ल्याएको हो ।

उपहारमा दुई जनालाई थाइल्यान्ड टुर गराइने सीजीले जनाएको छ । हरेक हप्ता मिक्स्चर, ४६,५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको विभिन्न घरायसी सामान किन्दा उपहार पर्ने बताइएको छ ।

हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादन जस्तै- रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउनेछन् । उपभोक्ताहरूले ४६,५०० रुपैयाँसम्मको ठूलो बचत गर्न सक्ने सीजीले जनाएको छ ।

हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन्। फ्रन्ट लोड वाशिङ मेसिन (२०० सिरिज) खरिद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउनेछन् । फ्रन्ट लोड वाशिङ मेसिन (१०० सिरिज) खरिद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ ।

रेफ्रिजरेटर खरिद गर्ने ग्राहकलाई नि:शुल्क टोस्टर प्राप्त हुनेछ । डिशवाशर खरीद गर्ने ग्राहकलाई निशुल्क दुइ वटा डिशवाशर किट प्राप्त हुनेछ। यो योजनाअन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरीद गरेर ‘थाइल्यान्ड टूर फर कपल’ जित्न सक्नेछन् । विजेता जोडीलाई रोमाञ्चक थाइल्यान्ड भ्रमणको अवसर प्रदान गरिनेछ ।

यो अफर नेपालभरका मिडियाका डिलरहरू र शो-रूमहरूमा लागू हुनेछ। थप जानकारीको लागि ग्राहकहरूले माइडियाको आधिकारिक वेबसाइट वा नजिकको शोरूममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु