सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि विहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

यसअघि भदौ १३ गत एक लाख ५३ हजार दुई सय रूपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्लिकमान्डु