नगरकोटको होटल भ्यु पोइन्टमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई छुट



काठमाडौं । नगरकोटस्थित होटल भ्यु पोइन्टले सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी, कर्मचारी ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट दिने भएको छ ।

दुई पक्षबीच भएको सम्झौता अनुसार होटलबाट प्रदान हुने सेवा तथा सुविधाहरुमा बैंकका सेयरधनी, कर्मचारी र ग्राहकलाई २० देखि २५ प्रतिशतसम्म छुट दिने बताइएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका काठमाडौं क्लस्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्ध निर्देशक दिनेश भक्त श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यु पोइन्टका सेवा लिँदा बैंकका ग्राहकलाई २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुलाई २५ प्रतिशत कर्पोरेट छुट दिने बताइएको छ । यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।


क्लिकमान्डु