आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच समझदारी, एकीकृत रिवार्ड प्रणालीको प्रयोग गर्दा फाइदा



काठमाडौं । आईएमएस सफ्टवेयरले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको छ।

अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो । जसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् |

आईएमएस सफ्टवेयरको तर्फबाट प्रबन्ध निर्देशक संतोष तम्राकार र अर्न सिक्काको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरले सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा ग्राहकहरूले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ। जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ । परिणामस्वरूप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुनेछ।


क्लिकमान्डु