नारायणी आधारभूत विद्यालयका विद्यार्थीलाई कामना सेवा विकास बैंकको पोशाक वितरण



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय डण्डामार्फत नारायणी आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।

बैंकको डण्डा शाखा प्रमुख टीकाराम अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर ठकुरीलाई पोशाक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष ठकुरीले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत कावासोती १७, पुरानो अमलटारी क्षेत्र, नारायणीको तटीय क्षेत्रमा रहेका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई प्रदान गरिएका पोशाकले उनीहरूलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, बैंकका शाखा प्रमुख अधिकारीले कावासोती नगरपालिकासँगको समन्वयमा समुन्नत समाज विकासका लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री नारायणी आधारभूत विद्यालयका प्रधानाध्यापक, कावासोती नगरपालिकाका– १७ का जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो ।

कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ ९००१:२०१५ प्राप्त नेपालको पहिलो विकास बैंक हो । यस बैंकले देशैभरका आफ्ना शाखा सञ्जालहरूबाट ग्राहकहरूलाई अत्याधुनिक सेवा सुविधा प्रदान गर्दै आएको जनाएको छ । हाल यस बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।


क्लिकमान्डु