यस्ता छन् नाडा अटो शोका सबैभन्दा महँगा कार  



काठमाडौं । नाडा अटो शो- २०२४ मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ ।

महँगा कारमा शोख राख्नेहरुका लागि समेत लक्षित गरेर विभिन्न कम्पनीले करोडमाथिका कारहरु ल्याएका छन् । यस्ता कारहरुमा लक्जरी हुनुका साथै अत्याधुनिक फिचरहरुले भरिएको हुन्छ । गुलाबको फूलले सजाउनेदेखि महँगा कारहरुलाई आकर्षक रुपमा प्रदर्शनीमा राखिएको छ ।

नाडा अटो शोमा राखिएका दुई प्रिमियम कार भने कम्पनीहरुले दोस्रो दिन नै हटाइसकेका छन् । एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी साइबरस्टर प्रदर्शनीबाट हटाएको हो ।

कम्पनीले दुईवटा कार ल्याएको थियो । नाडा अटो शोको पहिलो दिन एउटा कार प्रदर्शनी राखेको थियो । दुवै कार बिक्री भएपछि कम्पनीले अटो शो स्टलबाट कार हटाएको छ ।

त्यसै गरी बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायोन-७ प्रिमियम कार प्रदर्शनीमा राखेको थियो । चिनियाँ ब्राण्डको यो कार चीन बाहिर पहिलोपल्ट नेपालमा सार्वजनिक भएको हो ।

यो लक्जरी कार तत्कालै बिक्री गरिहाल्न कम्पनी ल्याएको होइन् । अटो शो हेर्न आउनेहरुले उक्त कारका विषयमा अत्याधिक सोधखोज गरेपछि कम्पनी प्रदर्शनीबाट हटाएर शोरुम लगेको हो ।

अवतार ११, आयोनिक ५, सिट्रोन सी-५ एयरक्रस,  ईभी-९, महिन्द्रा स्कर्पियो र एसयुभी ७००, जिकर एक्स, ग्राण्ड भिटारालगायतका १ करोड रुपैयाँ बढी मूल्यका प्रिमियम कारहरु प्रदर्शनीमा राखिएको छ ।


दिनेश खड्का