चौथो वरियताका अर्याललाई मुख्यसचिव बनाएपछि पहिलो नम्बरका ज्ञवालीले दिए राजीनामा



काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि ज्ञवालीले सचिव पदबाट राजीनामा दिएका हुन् ।

हाल कायम सचिवहरुमध्ये ज्ञवाली पहिलो वरियतामा थिए । मुख्यसचिवमा नियुक्त अर्याल चौथो वरियाताका हुन । अर्यालभन्दा अघि दोस्रोमा रामकृष्ण सुवेदी र तेस्रो वरियतामा दिनेश भट्टराई छन् ।

मुख्यसचिवमा आफूभन्दा जुनियर नियुक्त हुने पक्का भएसँगै ज्ञवालीले राजीनामा दिएका हुन् । ज्ञवालीको राजीनामा बिहीबारकै मन्त्रिपरिषदले स्वीकृत गरिसकेको छ । उनी उमेर हदका कारण भदौ २२ गते अवकाश हुँदै थिए ।


क्लिकमान्डु