तीन विधामा ९ लाखको पुरस्कार प्रदान गर्दै ज्यानु बसन्तराज मिश्र फाउण्डेसन



काठमाडौं । विभिन्न तीन विधामा ज्यानु बसन्तराज मिश्र फाउण्डेसनले ९ लाख रुपैयाँ राशीको पुरस्कार वितरण गर्ने भएको छ ।

फाउण्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्ममेलन आयोजना गरेर उक्त पुरस्कार वितरण गर्ने जानकारी दिएको हो ।

फाउण्डेसनका अध्यक्ष बसन्तराज मिश्रले आगामी विहीबार हुने एक समारोहकाबीच ३/३ लाखको पुरस्कार तीन वटै विधामा प्रधान गर्ने जानकारी दिए । उनले भने ‘फाउण्डेसनले लोकराज मिश्र वातावरण पुरस्कार, दुर्गादेवी मिश्र शिक्षा पुरस्कार र पत्रकारिता पुरस्कार १/१ जनालाई प्रदान गर्ने भएको छ ।

फाउण्डेसनले सम्बन्धित क्षेत्रमा योगदान पुर्याउने व्यक्तिको सम्मान र अन्य त्यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुलाई थप प्रोत्साहनको लागि यस्तो पुरस्कार दिने निर्णय भएको जानकारी दिएको छ ।

यस्तो पुरस्कार यो वर्षबाट सुरु भएको र आगामी वर्षहरुमा समेत निरन्तर हुने जानकारी दिएको छ ।


क्लिकमान्डु