गठ्ठाघर दुर्घटनामा मारिएका चालक महिला नभइ पुरुष, सीसीटीभी फोटो सार्वजनिक



काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालकको सीसीटीभी फोटो बाहिरीएको छ ।

दुर्घटनामा मारिएका स्कुटर चालक महिला नभएर पुरुष भएको प्रहरीले जानकारी दिएको छ ।

मृतक करिब ४०–४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए ।

स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने अनुमान छ, तर सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि स्थानिय र प्रहरीले मृतक महिला भएको दाबी गरेका थिए । मृतक महिला भन्दै प्रहरीले महिलाको नाम समेत सार्वजनिक गरेको थियो। तर प्रहरीले जुन नाम सार्वजनिक गर्यो ती महिला नै प्रहरीको सम्पर्कमा पुगेकी थिइन ।


क्लिकमान्डु