मध्य रातमा बिहारको एक मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु



काठमाडौं । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १० भन्दा बढी घाइते भएका छन् ।

बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त घटना भएको हो । भागदौड राति १२ बजदेखि साढे १२ बजेका बीच भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनाको पुष्टि गर्दै जेहानाबादका जिल्ला प्रशासक अलङ्कृता पाण्डेले बाबा सिद्धनाथ मन्दिरमा भएको भागदौडमा मृतक तथा घाइतेको पुष्टि गर्दै हाललाई स्थिति नियन्त्रणमा रहेको बताए । भागदौड कसरी सुरू भयो भन्ने बिषयमा तत्काल कुनै जानकारी प्राप्त हुनसकेको छैन ।

जेहानाबादका प्रहरी प्रमुख दिवाकर कुमार विश्वकर्माले “जिल्ला प्रशासक र प्रहरी उपरीक्षक घटनास्थलमा गई घटनाको जानकारी लिइरहेको बताएका छन् । उनीहरूका अनुसार शवहरू पोस्टमार्टमका लागि पठाइँदै छ ।

यसैबीच, जेहानाबादका प्रहरी अधिकारी विकास कुमारले घटना प्रति दुखः व्यक्त गर्दै उचित व्यवस्था सुरक्षा हुदाँहुदै पनि दुखदः घटना घट्न पुगेको उल्लेख गरेका छन् ।


क्लिकमान्डु