लगानी बोर्डको सीईओको लागि आवेदन खुल्यो, कसले दिन पाउँछ ?



काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन खुलाएको छ ।

सोमबार सार्वजनिक सूचना निकालेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सीईओ पदको आवेदन खुलाएको हो ।  योग्यता पुग्ने इच्छुक नेपाली नागरिकले १५ दिनभित्र आवेदन दिन पाउनेछन् ।

आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी,लगानी प्रवर्द्धन, विकास प्रशासन, बैकिङ, वित्तिय क्षेत्र वा औद्योगिक व्यवस्थापको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्छ ।  ३५ वर्ष उमेर पूरा गरेर र ६५ वर्ष नकाटेको हुनुपर्छ ।

इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, बायोडेटा, शैक्षिक योग्यताको प्रमापत्रको प्रतिलिपी रणनीतिक तथा कार्ययोजना पेस गर्नुपर्नेछ ।

गत साता (साउन १९ गते) तत्कालीन सीईओ सुशिल भट्टको कार्यकाल सकिएपछि उक्त पद रिक्त छ ।


क्लिकमान्डु