फूलबारी-बङ्गलाबन्धु नाका पूर्ववत् सञ्चालनमा



भद्रपुर । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी – बङ्गलाबन्धु नाका खुलेकोे छ ।

नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।

उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ‘

कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँबराबरको सामग्री बङ्गलादेशमा निर्यात हुँदा तीन अर्व ८३ करोड ६८ लाख २२ हजार रुपैयाँबराबरको सामग्री नेपालतर्फ आयात भएको थियो ।


क्लिकमान्डु