सिनामंगलमा पाँच करोडको लगानीमा सञ्चालनमा आयो होटल रोयल एयरपोर्ट



काठमाडौं । युवाहरुको समुह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगल स्थति होटल रोयल एयरपोेर्ट सञ्चालनमा आएकोे छ ।

शुक्रबार बागमति प्रदेशका माननीय संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरेका हुन् ।

होटल उद्घाटनको क्रममा बोल्दै माननीय मन्त्री विमल ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

“पर्यटन उद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु” उनले भने, “अझ तपाईहरु जस्ता युवाहरु जो यो उद्योगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरुसँग मेरो थप सहयोग र सहकार्य रहनेछ ।

मन्त्री ठकुरीले यस क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समुह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ ओटा रुमसहितको यो होटलमा ५० शैंयाको सुविधा छ ।

दुइसय जनाभन्दा बढी क्षमताका हल, बैठक कक्ष सहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्यएका हौं,” अध्यक्ष श्रेष्ठ बताए ।
उनले होटल रोयल एयरपोर्ट जस्ता होटलहरुले नेपालको पर्यटन उद्योगमा ठुलो टेवा पु¥याउने विश्वास समेत व्यक्त गरे ।


क्लिकमान्डु