काठमाडौंबाट सुर्खेत उडेको बुध्द जहाज आकस्मिक रुपमा नेपालगन्जमा अवतरण



काठमाडौं । त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट शनिबार विहान सुर्खेत उडान भरेको बुध्द जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ।

शनिबार बिहान फ्लाइट नम्बर U4 137  रहेको बुध्द एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।

जहाज शनिबार बिहान ११ : १५ बजे उडान भएको थियो। सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुध्द एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको यात्रुले बताएका छन्।

विमान काठमाडौं फर्किने वा मौसमको प्रतिक्षा गरेर फेरि सुर्खेत उड्ने छलफल जारी रहेको बताइएको छ। त्रिभुवन विमानस्थलले मौसम खराबीका कारण जहाज डाइभट भएको जनाएको छ।


क्लिकमान्डु