दोस्रो इनिङमा कुलमानको ३ वर्षः १०० मध्ये ९९ घरधुरीमा बिजुली पुग्यो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको ४ वर्षे दोस्रो कार्यकाल सकिन एक वर्ष बाँकी छ । २०७८ साउन २५ गतचे कुलमान प्राधिकरणका प्रबन्ध निर्देशक नियुक्त भएयता ३ वर्ष पुरा भएको हो ।

उनको दोस्रो कार्यकालको ४ वर्षमध्ये अब एक वर्ष बाँकी छ । ३ वर्ष पुरा भएको अवसरमा घिसिङले शुक्रबार पत्रकार सम्मलेन गरेका छन् ।

सो अवसरमा कुलमानले विद्युतीकरणमा उल्लेख्य प्रगति गरेको बताए । उनका अनुसार ३ वर्षअघि ८९ प्रतिशत रहेकामा विद्युतीकरण ९९ प्रतिशत पुगेको छ । अर्थात् वर्षअघि हरेक १०० घरधुरीमध्ये ८९ मा बिजुली पुगेकामा अहिले १०० मध्ये ९९ घरमा बिजुली पुगेको हो ।

८ वर्षअघि २९ लाख ७० हजार ग्राहक ५९ लाख ५ हजार पुगेको छ ।

वार्षिक खपत १० अर्ब २३ अर्ब युनिट पुगेको छ भने वार्षिक प्रतिव्यक्ति विद्युत खपत १ सय ३१ बाट ४ सय पुगेको छ ।


क्लिकमान्डु