बढ्यो सुनको मूल्य, अब कति ?



काठमाडौं , स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा १ हजार ५ सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला १ लाख ४६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३० निर्धारण भएको छ ।


क्लिकमान्डु