साउनमै टाटा मोटर्सको दसैं अफर, आकर्षक बोनस पाइने



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले साउनमै दसैं कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिनेछ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचीलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभर रहेका शोरुमहरुमा यही साउन २५ देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ, एक वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायत सुविधाहरु प्राप्त गर्न सकिनेछ ।

साथै साउनमै दसैं कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।


क्लिकमान्डु