आइएमई पे पिसीआई डीएसएस-४.० सर्टिफाइड



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमईपे’ले हालै ‘सिसा पिसीआई डीएसएस-४.० प्रमाणीकरण प्राप्त गरेको छ ।

यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसीआई डीएसएस ४.० प्राप्त गर्ने संस्था हुनुका साथै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तीय भुक्तानी माध्यम बन्न सफल भएको छ।

आफ्नो स्थापनाकाल देखि नै सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समययता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसीआई डीएसएसका मापदण्डहरु पूरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपछि नवीकरण गरिन्छ । यस क्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पूरा गर्दै नवीकरण गरेको छ।

आइएमई पेले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकको निजी तथा संवेदनशील जानकारीहरूको गोपनीयता कायम गर्नुका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।

के हो आइएमई पे

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

“आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली -२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरु मार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति-व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्युआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दैआएको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्‍याउने लक्ष्य लिएको छ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।


क्लिकमान्डु