प्राधिकरणका दुई सञ्चालकलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई नहटाउन सर्वोच्च अदालदले अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्वोच्चका न्यायधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै प्राधिकरणका दुवै सञ्चालको पुनर्बहाली भएको छ भने सरकारले नियुक्त गरेका दुई सञ्चालकहरु देवेन्द्र कार्की र महेन्द्र गुरुङलाई नियुक्ति गर्ने निर्णय तत्काललाई रोकिएको छ ।


क्लिकमान्डु