पहिरोले कहाँ कहाँको सडक छन् अवरुद्ध ?



काठमाडौं । वर्षाले पहिरो जाँदा देशका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।

चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला,बागलुङ, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको छ।

डोल्पा/त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिम/मुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको छ ।

अवरुद्ध भएका सडक खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु