ढलको मकलमा खस्दा काभ्रेमा महिलाको मृत्यु



काभ्रे । अविरल वर्षापछिको बाढीमा परि काभ्रेपलाञ्चोकमा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार बिहान पौने १० बजे धुलिखेल नगरपालिका ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा रामेछाप खाडादेवी गापा-३ घर भइ हाल पनौती नगरपालिका ५ नैकिनटार बस्ने ५० वर्षीय भगवती भागदास ढलको मकलमा छिरी बगेकी थिइन् ।

बगाइ लगेको महिलाको खोजतलास गरेको प्रहरीले भइरहेकोमा खोजतलास गर्ने क्रममा साढे ११ बजे बगाएको स्थानबाट अन्दाजी ३०० मिटर तल खेतमा तैरीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु