लक्ष्मी सनराइज बैंकको नाफा ३ अर्ब ३ करोड, लाभांश दिने क्षमता कति ?



काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढेर ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आवमा बैंकले २ अर्ब २८ करोड ५२ लाख रुपैयाँ नाफा कमाएकाे थियो ।

यो अवधिमा बैंकको ब्याज आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा नाफा बढाउन सहयोग पुगेको छ ।
बैंकको ब्याज आम्दानी ८३.८४ प्रतिशतले बढेर ३५ अर्ब ५ करोड १९ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी १०३.९७ प्रतिशतले बढेर ११ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा ३५.९९ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले छुट्याएको कर्जा नोक्सानी व्यवस्था २२२.३३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ९० लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ५.५५ प्रतिशत रहेको छ ।

बैंकले असार मसान्तसम्म ३ खर्ब २८ अर्ब ९३ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५० अर्ब ३६ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १६ अर्ब २८ करोड ८९ लाख रुपैयाँ छ ।
बैंकको प्रतिसेयर आम्दानी १३.०९ रुपैयाँ, प्रति सेयर नेटवर्थ १७५.८६ रुपैयाँ र पीई रेसियो १३.३७ प्रतिशत छ ।

बैंकको निष्क्रिय कर्जा २.९१ प्रतिशतबाट बढेर ४.७२ प्रतिशत कायम भएको छ । बैंकले गरेको कुल प्रोभिजन निष्क्रिय कर्जाको अनुपातमा ९९.३ प्रतिशत छ जुन अघिल्लो आवको अन्त्यसम्म ११४.३७ प्रतिशतमात्र थियो । बैंकको निक्षेप कर्जा अनुपात ७५.८३ प्रतिशत रहेको छ ।


क्लिकमान्डु