आइएमई पेमा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले विदेशबाट पठाएको रकम आइएमई पे वालेटमा प्राप्त गर्दा ग्राहकलाई एक हजारसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्बजनिक गरेको छ ।

अफर अन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई पे वालेटमा पठाएको पैसा आइएमई पे एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा एक हजार सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएकव छ ।

यथावत रहिरहेको “आइएमई गरौँ,करोडपति बनौँ” योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्बजनिक गरिएको छ ।

सेवाग्राहीहरुको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्बजनिक गर्दै आएको आइएमई पे ले यस अघिको योजनामा प्रयोगकर्ताहरुको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्बजनिक गरिएको बताइएको छ ।

आइएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहकवर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न , मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नविकरण तथा थुप्रै सेवाहरुको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।


क्लिकमान्डु