कार्ल्सबर्गले १ खर्बमा किन्यो खेतान समूहको गोर्खा ब्रुअरीसहित दक्षिण एसियाको सेयर स्वामित्व



काठमाडौं । कार्ल्सबर्ग समूहले साउथ एसियामा रहेको आफ्नो बाँकी ३३.३३ प्रतिशत सेयर किन्न सीएसएपीएल सिंगापुर होल्डिगसँग सम्झौता गरेको छ ।

कार्ल्सबर्ग समूहको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसियासँग थियो । आगामी ३ देखि ५ वर्षमा ७४ करोड ४० लाख अमेरिकी डलर (हालको विनमय दरअनुसार १ खर्ब ३ अर्बभन्दा बढि) मा लेनदेन सम्झौता पूर्ण हुने कार्ल्सबर्ग समूहको प्रेस विज्ञप्तीमा उल्लेख छ । साथै, प्रस्तावित लेनदेनहरू पूरा भएपछि, कार्ल्सबर्गले हालको व्यापारको सतप्रतिशत स्वामित्व पाउने पनि विज्ञप्तीमा उल्लेख छ ।

कार्ल्सबर्ग समुहका प्रमुख कार्यकारी जेकब अरुप एन्डरसनका अनुसार कार्ल्सबर्ग समूहले एसियाली ब्यवसायको हिस्सा प्राप्त गरेसँगै लगानीलाई तिब्र बनाउने भएको छ ।

नेपालमा कार्ल्सबर्गको व्यापार गोर्खा ब्रुअरी प्राइभेट लिमिटेडले गर्दछ । गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग इन्डिया र कार्ल्सबर्ग साउद एसियमा पनि सेयर रहेको थियो । गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग साउथ एसियाको ९० प्रतिशत स्वामित्व छ । बाँकी १० प्रतिशतमध्ये अधिकांश राजेन्द्र खेतानको र थोरै हिस्सा अन्य व्यवसायीको रहेको छ । यो सम्झौतासँगै गोर्खा ब्रुअरीको सम्पूर्ण सेयर कार्ल्सबर्ग समूहको स्वामित्वमा जाने छ ।

विज्ञप्तीका अनुसार सम्झौतका शर्तहरु पुरा गर्न निश्चित समय लाग्नेछ र केहि प्रस्तावका लागि निश्चित सरकारी स्वीकृति प्राप्त गर्न आवश्यक हुन्छ ।


क्लिकमान्डु