निलो आकाशमा खुलेको काठमाडौं (तस्बिरहरु)



काठमाडौं । केही दिनयता काठमाडौंसहित देशका विभिन्न भागमा पानी परिरहेको छ । रातिको समयमा पानी पर्ने भए पनि दिउँसो घाम लाग्ने गरेको छ ।

मनुसुन जारी रहँदा काठमाडौंको आकाश अहिले सफा र खुलेको देखिएको छ । मौसम खुलेसँगै काठमाडौं उज्यालो अनि मनमोहक देखिन्छ ।

उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किन थालेका छन् । आकाश खुलेसँगै गर्मी बढेको पनि छ । निलो आकाश, हरियाली ठाउँहरुले काठमाडौंमा थप सुन्दरता थपेको छ

फोटोहरु


क्लिकमान्डु