निर्जीबन बिमा कम्पनीले एक वर्षमा आर्जन गरे ४१ अर्ब १७ करोड बिमाशुल्क



काठमाडौं । असार मसान्तसम्म निर्जीबन बिमा कम्पनीले ४१ अर्ब १७ करोड १३ लाख ६९ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । १४ वटा बिमा कम्पनीले २८ लाख ४९ हजार ९३४ वटा बिमालेख जारी गर्दै उक्त रकम बिमाशुल्क आर्जन गरेका हुन् ।

नियामक बिमा प्राधिकरणका अनुसार १४ बिमा कम्पनीले ४ अर्ब ८४ करोड १३ लाख ८० हजार बिमा शुल्क आर्जन गरेका छन्। एक महिनामा बिर्जीबन बिमा कम्पनीले २ लाख ४१ हजार १४२ वटा बिमालेख जारी गरेका छन् ।

बिमा प्राधिकरणका अनुसार असार महिनामा शिखर इन्स्योरेन्सले ३१ हजार ४२५ वटा बिमालेखा जारी गरेर ५७ करोड ३५ लाख ६२ हजार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २३ हजार ४४० बिमालेख जारी गरेर ५० करोड ८५ लाख ७९ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २३ हजार ७१३ वटा बिमालेख जारी गरेर ४९ करोड ४४ लाख ५ हजार बिमाशुल्क आर्जन गरेको छ ।

नेपाल इन्स्योरेन्सले १६ हजार ३८७ वटा बिमालेख जारी गरेर १८ करोड ८१ लाख २३ हजार, दि ओरिएन्टल इन्स्योरेन्सले ४ हजार ९० बिमालेख जारी गरेर ४० करोड ६२ लाख ८४ हजार, राष्ट्रिय बिमा कम्पनीले २५ हजार ५९६ वटा बिमालेख जारी गरेर ६ करोड २५ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ ।

नेशनल इन्स्योरेन्सले २ हजार ३५४ वटा बिमालेख जारी गरेर १७ करोड ९१ लाख ८९ हजार, नेको इन्स्योरेन्सले २१ हजार ६२१ वटा बिमालेख जारी गरेर २५ करोड ७२ लाख ९९ हजार, प्रभु इन्स्योरेन्सले १० हजार ९७५ वटा बिमालेख जारी गरेर २१ करोड ३२ लाख ६ हजार, एनएलजी इन्स्योरेन्सले १६ हजार ६५७ वटा बिमालेख जारी गरेर २९ करोड १८ लाख ४४ हजार बिमाशुल्क आर्जन गरेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० हार ४८५ वटा बिमालेख जारी गरेर ४८ करोड ७१ लाख १६ हजार, सानिमा सिआईसीले १० हजार ४५९ वटा बिमालेख जारी गरेर ४० करोड १६ लाख १६ हजार, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १८ हजार २३२ वटा बिमालेख जारी गरेर ४३ करोड ७३ लाख २७ हजार र युनाइटेड अजोड इन्स्योरेन्सले १५ हजार ७०८ वटा बिमालेख जारी गरेर ३४ करोड २ लाख ५४ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु