राष्ट्र बैंकको ढुकुटीमा वालछ्याल भएपछि विदेश घुम्न जानेलाई जतिपटक पनि डलर साटिदिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सटहीमा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंक विदेशी विनिमय विभागले एक परिपत्र जारी गर्दै विदेश भ्रमणका लागि डलर सटहीको सीमा परिमार्जन गरेको हो ।

नयाँ व्यवस्थाअनुसार विदेश भ्रमणमा एक आर्थिक वर्षमा २ पटकमात्रै डलर सटही गर्न पाउँने व्यवस्था खारेज भएको छ । अब विदेश भ्रमणमा जानेले वर्षमा असिमित पटक २५ सय अमेरिकी डलर सटही गर्न पाउने भएका छन् ।

नयाँ व्यवस्थाअनुसार हालसम्म मालसामान आयातमा ६० हजार अमेरिकी डलर रहेको सीमा १ लाख डलर बनाइएको छ। साथै, व्यवसायीक प्रयोजनका लागि सुनचाँदी आयातका लागि ३ लाख डलर गरिएको छ भने, व्यवसायीक प्रयोजनमा चाँदी आयातको भुक्तानीका लागि भने सीमा हटाइएको छ। यस्तै, वैदेशिक रोजगारीमा जानेलाई ५ सय डलरको सटही सुविधा १ हजार बनाएको छ।

विदेशी विनिमय सञ्चिति पर्याप्त भएपछि केन्द्रीय बैंकले डलर सटहीको सीमा बढाएको हो । राष्ट्र बैंकको ढुकुटीमा अहिले १४ अर्ब ७२ करोड रूपैयाँ छ । यो सञ्चितिले १५.१ महिनाको वस्तु र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

करिब २ वर्ष अघि डलर सञ्चिति पर्याप्तता ६.७ महिनमा झरेपछि राष्ट्र बैंकले डलर सटहीमा कडाइ गरेको थिय‍ो ।


क्लिकमान्डु