सेयर बजार २७ महिनापछि २७ सय बिन्दु पार गर्यो, कारोबार रकममा नयाँ रेकर्ड
काठमाडौं । सेयर बजारमा उछाल कायमै छ । कारोबारको सुरुदेखि नै बजारमा देखिएको उछाल अन्तिम समयसम्म पनि कामयै रह्यो ।
यो दिन बजारले २७ सयको बिन्दु पार गरेको छ । करिब २७ महिना पछि बजारले २७ सयको बिन्दु पार गरेको हो । २०७८ फागुन ११ गते बजार २७२० बिन्दुमा पुगेको थियो । आज मंगलबार बजार ६४.२५ अंकले बढेर परिसूचक २७६०.९० बिन्दुमा पुगेको छ ।
आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको सेयर कारोबार भएको छ । यो अहिलेसम्मकै धेरै कारोबार हो । यसअघि करिब २० अर्बको सेयर कारोबार भएको थियो । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
१९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ । कारोबारमा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आधा दर्जन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट तहमा बढेका छ ।