त्रिशुलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनको सहयोग मागिँदै



काठमाडौं । असार अन्तिम साता सिमलतालको पहिरोले बगाएर त्रिशुली नदीमा हराइरहेका दुई बस र यात्रुहरुको खोजीका लागि सरकारले चीनको पनि सहयोग माग्ने भएको छ ।

एक सातासम्म खोजी गर्दा पनि नभेटिएपछि भारतीय टोली केही दिनअघि मात्रै फिर्ता गएको थियो ।

गृह मन्त्रालयले अब चीन सरकारसँग पनि खोजीका लागि अनुरोध गरिरहेको जनाएको छ । गृह मन्त्रालयका अनुसार बुधबार यसका लागि चीन सरकारसँग अनुरोध गरिरहेको भन्दै गृहसचिव एकनारायण अर्यालले जानकारी दिएका थिए । बुधबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहसचिव अर्यालले यसबारे जानकारी दिएका हुन् ।

चितवनको सिमतालमा गत असार २८ गते लेदोसहितको पहिरोमा परी दुई वटा यात्रुवाहक बस बेपत्ता भएका थिए । बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए भने हालसम्म २४ वटा शव भेटिएको छ । अन्य यात्रु र बस अझै भेटिएको छैन ।


क्लिकमान्डु