नेशनल लाइफको गाला कन्सर्ट भव्य रुपमा सम्पन्‍न



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गरेको ‘नेशनल लाइफ गाला कन्सर्ट’ भव्य रुपमा सम्पन्न भएको छ ।

आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि र मनोबल बढाउनुका साथै अभिकर्ताहरुको मनोरन्जनको लागि कम्पनीले उक्त कन्सर्ट आयोजना गरेको हो ।

नेशनल लाइफ गला कन्सर्ट यही साउन १३ गते अर्थात आइतबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको छ । कन्सर्टमा देशभरीका अभिकर्ताहरु तथा कम्पनीका कर्मचारीसहित २७५ जनाको उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ ।

नेशनल लाइफ गला कन्सर्टमा नेपालका चर्चित कलाकार प्रमोद खरेल, कमेडियन सन्दिप क्षेत्री, हेमन्त शर्मा, मेलिना राई र डिजे नानीको बेजोड प्रस्तुती रहेको थियो । उक्त प्रस्तुतीमा अभिकर्ता र कर्मचारीहरु हर्स उल्लासका साथ रमाएका थिए ।

योजना अनुसार गत आर्थिक वर्षको जेठ महिनामा आफ्नो व्यक्तिगत कोड तर्फ ५ लाख ९९ हजार रुपैयाँको नयाँ व्यवसाय गर्न सफल अभिकर्ताहरु सो गल कन्सर्टमा सहभागी भएका थिए । कम्पनीका अनुसार नेशनल लाइफ गला कन्सर्टमा २६० जना अभिकर्ताहरुलाई क्वालिफायर्ड भएका थिए ।

कन्सर्टमा सहभागि अभिकर्ताहरुलाई एकदिनको लागि खान, बस्नसहित चर्चित राष्ट्रिय कलाकारहरुसँग मनोरन्जनको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कम्पनीका डिसीईओ, कर्मचारी र अभिकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।


क्लिकमान्डु