ग्लोकल टिन हिरो नेपाल २०२४ को एक्टिभेशन कार्यक्रम सम्पन्न



काठमाडौं । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुला गरेको छ ।

यस प्लेटफर्मको बारेमा जानकारी दिनका लागि नेपालको सातै प्रदेशका विभिन्न शहरका विद्यालयहरूमा एक्टिभेशकन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका क्रममा नेपालको विभिन्न स्कुलमा किशोर किशोरीसँगको अन्तकिृया हुँदा धेरै प्रतिभाशाली किशोर किशोरी जसले सामाजिक कार्य, उद्यमशीलता, नवप्रवर्तन, वातावरण संरक्षण, र अन्य धेरै क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पर्दै आएको भेटिएको र यस वर्ष पनि भव्यताका साथ प्रतिभावान किशोर किशोरीलाई पहिचान गराउन सशक्त रुपमा तयारी भईरहेको जनाएको छ ।
ग्लोकल टिमले पूर्वदेखि पश्चिमसम्म नेपालका ५० भन्दा बढी सहरका विभिन्न विद्यालय÷कलेजहरूमा किशोर किशोरीहरूसँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रम गर्दा विभिन्न स्थानीय निकायहरुसँग पनि समन्वय गरिएको थियो । ग्लोकल टिन हिरोले विगत एक दशकदेखि शैक्षिक क्षेत्र बाहेक किशोरकिशोरीहरूमा रहेको प्रेरणा र उत्साहलाई उजागर गर्दै, उनीहरूको समाजमा गरेको प्रभावकारी कार्र्य र अद्वितीय प्रतिभालाई पहिचान गराउन एक मञ्च प्रदान गर्दै आएको छ ।

ग्लोकल टिन हिरो नेपालले १३ देखि १९ वर्षका किशोरकिशोरीहरूको पहल, सिर्जनशीलता र उत्साहलाई गहिरो रूपमा मान्यता दिँदै, उनीहरूलाई स्थानीय र वैश्विक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सशक्त बनाउँदै आएको छ । ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन आज बन्द भएको छ ।

देशभरका प्रभावशाली किशोरकिशोरी नयाँ सोच, विचार, सम्भावना, र समाज परिवर्तनका नवीन आयामहरू बोकेका हुन्छन् । सानो उमेरमा ठूला सपना देखेर नयाँ प्रयासहरू मार्फत समाज रूपान्तरण गर्ने कुरामा उमेरले होइन, सोचले महत्व राख्ने कुरा स्पष्ट देखिन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता, सामाजिक चेतना, वातावरण संरक्षण, वा सामाजिक रूपान्तरणका कार्यहरूमा आफ्नो कौशलता देखाएका प्रतिभाशाली किशोरकिशोरीहरूले अनलाइन मार्फत निःशुल्क आवेदन दिन सक्छन् । साथै, तपाईंहरूले आफ्नो समुदायका उत्कृष्ट किशोरकिशोरीहरूको मनोनयन गर्न सक्नेछन् ।


क्लिकमान्डु