समयमा काम नभएका ५२ सडक र पुलको ठेक्का तोड्ने सडक विभागको चेतावनी



काठमाडौं । सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय चरिकोटले ५२ सडक खण्डको ठेक्का तोड्ने चेतावनी दिएको छ ।

निर्माण कम्पनीले सडक तथा पुल निर्माण गर्न अटेर गरेपछि सडक डिभिजन चरिकोटले ठेक्का किन नतोड्ने भनेर त्यस्ता निर्माण कम्पनीहरुसँग १५ दिने स्पष्टीकरणसमेत सोधेको छ ।

तोकिएको निर्धारित समयमा निर्माण सम्पन्न नगरेका निर्माण कम्पनीलाई सम्पर्कमा आउन पत्राचार गर्दासमेत उनीहरु सम्पर्कमा आउन नमानेकाले कार्यालयले ठेक्का तोड्ने तयारी गरेको हो ।

सडक तथा पुलको निर्माण कार्य तदारुकताका साथ अघि बढाउन पटक पटक लिखित तथा मौखिक रुपमा ताकेदा गर्दासमेत निर्माण कम्पनीहरुले अटेर गरेकाले १५ दिनभित्रमा ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण माग गरिएको छ ।

कार्यालयले १५ दिन भित्रमा चित्तबुझ्दो जवाफ आउन नसकेको खण्डमा सार्वजनिक खरिद ऐन २०६३, नियमावली २०६४ र ठेक्का सम्झौताको शर्तअनुसार ठेक्का समाप्ति नियमअनुसार ठेक्का तोडेर कालो सूचीमा राख्ने तयारीसमेत भएको चेतावनी दिएको छ । कार्यालयले त्यस्ता निर्माण कम्पनीहरुको नाममा सूचना नै जारी गरि चेतावनी दिएको हो ।

कतिपय ठेकेदार कम्पनीले ३ देखि ४ वटा निर्माणको ठेक्का ओगटेर बसेको पाइएको छ ।

कार्यालयले किशोर नविन कन्ट्रक्सन दोलखा, सागर एण्ड शिशिर कन्ट्रक्सन दोलखा, पिपल डाँडा निर्माण सेवा सिन्धुपाल्चोक, सुनगाभा कन्ट्रक्सन सिन्धुपाल्चोक, कामाख्या कन्ट्रक्सन कोटेश्वर काठमाडौं, गणेश निर्माण सेवा रामेछाप, भद्रेश्वर निर्माण सेवा दोलखा, मैनापोखरी कन्ट्रक्सन ललितपुर, औतारी निर्माण सेवा दोलखा, गोकर्ण विशाल एण्ड विराट जेभी काठमाडौं, सुनौला खिम्ती ध्रुव एण्ड तारा जेभी काठमाडौं, सुनौला खिम्ती भण्डारी विल्डर्स जेभी काठमाडौं र ओमबुद्ध निर्माण सेवा दोलखासँग ठेक्का तोड्ने चेतावनी दिइएको हो ।

यस्तै गौरी पार्वती निर्माण सेवा काठमाडौं, खम्पाचे शेर्पा निर्माण सेवा काठमाडौं, त्रिवेणी विल्डर्स दोलखा, सूर्य निर्माण सेवा दोलखा, सुनुवार निर्माण सेवा दोलखा, महादेव खिम्ती निर्माण सेवा काठमाडौं, मैया निर्माण सेवा दोलखा, सम्दुव बज्रपानी कन्ट्रक्सन काठमाडौं, भिमेश्वर सन्चोका एण्ड सेरना जेभी काठमाडौं, लोकेश्वर कन्ट्रक्सन दोलखा, सुस्मी कन्ट्रक्सन काठमाडौं, गुम्वेश्वर निर्माण सेवा काठमाडौं, सिम्पानी निर्माण सेवा दोलखा, बस्नेत एण्ड खडका इन्जिनियरिङ्ग नेपाल काठमाडौं, पोख्रेल विल्डर्स दोलखा, रामेछाप न्यु सताक्री खिम्ती जेभी काठमाडौं, फेवा ओम बुद्ध जेभी काठमाडौं, ओम बुद्ध एसबी एस जेभी काठमाडौं, गौरी पार्वती प्रधान जेभी काठमाडौं, क्षेत्रावति कन्ट्रक्सन दोलखा, ध्रुव एण्ड राकेश निर्माण सेवा सिन्धुपाल्चोक, त्रिशक्ति निर्माण सेवा सिन्धुपाल्चोक, दोलखा त्रिपुरामाई कन्ट्रक्सन सिन्धुपाल्चोक, देवी रमण कन्ट्रक्सन काठमाडौं र थापा एण्ड बालुवाजोर निर्माण सेवा रामेछापसंग पनि ठेक्का तोड्ने चेतावनी दिइएको छ ।


क्लिकमान्डु