एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा साढे ९ करोड लगानी गर्ने



काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा लगानी गर्ने भएको छ । देशकै अग्रणी प्राइभेट इक्विटी फर्म एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सम्झौतामा हस्ताक्षर गरेको हो ।

एनआईबीएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटलको एकाइ हो । लगानीसम्बन्धि यस सम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप ऊर्जा प्रदान गरेको बताइको छ ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको प्रेस विज्ञप्तिमा उल्लेछ । ‘डेलिस’ ब्रान्डको ग्रीक दहीले नवीनताको पहिचान दिएको छ भने ‘पञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जित्न सफल भएको दाबी कम्पनीकाो छ । एनआईबीएल इक्विटी पार्टनर्सको यस लगानीले नेपाली बजारमा डेलिस ब्रान्डको स्थानलाई झनै मजबुत बनाउने भएको दाबी गरिएको छ ।

लगानी सम्झौताअनुसार डेलिस डेरिज उत्पादन क्षमतामा वृद्धि हुनेछ । चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १० हजार लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।

यसैगरी कम्पनीको उत्पादनमा नवीनता छाउने, बजारको पहुँचमा विस्तार हुने, इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माणमार्फत् देशकै अग्रणी चीज उत्पादक बन्ने र आईपीओ निष्काशन गर्ने तयारीमा सघाउ पुग्नेछ ।

एनआईएमबी एस क्यापिटलका सीईओ शिवान्त बहादुर पाँडेले लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पुर्‍याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरे ।

यसैगरी डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको हाम्रो स्थानलाई थप बलियो बनाउने बताए ।


क्लिकमान्डु