प्रमोकोड फोनपे डिरेक्ट प्रयोग गरे जित्न सकिन्छ आईफोन १५ प्रो



काठमाडौं । भुक्तानी सेवा सञ्चालक फोनपेले आफ्नो प्रमुख अभियान ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँको ठाउँ’ घोषणा गरेको छ । यो अभियानले प्रयोगकर्तालाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआरमार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्तालाई सजिलो हुने कुरा विशेष रूपमा बताएको छ । यो अभियान २ महिनासम्म चल्नेछ र भदौ ३१ मा समाप्त हुनेछ ।

अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई आईफोन १५ प्रो दिने मेगा उपहार योजना छ । यो मेगा उपहार जित्ने मौका पाउन प्रयोगकर्ताले फोनपे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्सनमा विशेष प्रमोकोड ‘फोनपे डिरेक्ट’ राख्नुपर्नेछ र अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर फोनपे डिरेक्ट मार्फत कम्तीमा तीन पटक पैसा  ट्रान्सफर गर्नु पर्नेछ ।


क्लिकमान्डु