ठेक्काको दुरुपयोग गर्नेबाट हुने हानी नोक्सानीको असुल उपर गर्छौंः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठेक्काको दुरुपयोग गर्नेबाट हुने हानि नोक्सानीको असुल उपर गरिने बताएका छन्।

उनले प्रतिनिधि सभामा विश्वासको मत माग्दै तोकिएको लागत र समयमा काम नगर्नेलाई कारबाही गर्ने बताए । ठेक्कालाई अलपत्र पार्ने निर्माण व्यवसायी र समयमा निर्णय नगर्ने सरकारी निकायलाई कारबाही गर्ने सरकारको दाबी छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले पुँजीगत खर्च गर्ने क्षमता बढाउने बताए ।

‘एउटा समस्या छ, बजेट छुट्याइन्छ, योजन बनाइन्छ । खर्च नभएपछि योजना अधुरा छुट्छ, त्यसकारण खर्च गर्ने क्षमता बढाउँछौं,’ उनले भने, ‘काम गर्नेहरुले मुद्धा खेप्ने तर काम नगर्नेहरु स्वच्छ छबिको भएर रिटार्यड हुने अवस्था छ । काम गर्ने र नगर्नेहरु छुट्याउँछौं ।’


क्लिकमान्डु