दारीको मासु पसलमा प्रभु बैंकका कर्मचारीले २० र ग्राहकले २०% छुट पाउने, अनलाइन डेलिभरी सुविधा



काठमाडौं । ललितपुरको इमाडोलमा रहेको दारीको नेट एण्ड क्लिन मिट सपमा मासु किन्दा प्रभु बैंकका कर्मचारीले २० प्रतिशतसम्म र ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

प्रभु बैंकका बाग्मती प्रदेशका प्रमुख अधिकृत राजु केसी र दारीको नेट एण्ड क्लिन मिट सपका प्रोपाइटर श्यामराज पाण्डेले शुक्रबार छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार ताजा खसीको मासुमा कर्मचारीले १० प्रतिशत र ग्राहकले ५ प्रतिशत छुट पाउने छन् ।

त्यस्तै, मासुको फ्रोजन आइटममा कर्मचारीले १० र ग्राहकले ५ प्रतिशत, बँदेलको मासुमा कर्मचारीले १० र ग्राहकले ५ प्रतिशत छुट पाउने छन् भने लोकल कुखुरा र हाँसमा कर्मचारीले २० र ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन् ।

एक वर्षका लागि सम्झौता भएको बैंकले जनाएको छ । दारीको मासु पसलमा अनलाइन अर्डर र डेलिभरीको समेत सुविधा रहेको प्रोपाइटर पाण्डेले बताए ।

‘हामीकहाँ विभिन्न भेराइटीका मासु पाइन्छ, अनलाइन अर्डर र डेलिभरीको सुविधा पनि छ,’ पाण्डेले भने, ‘स्वच्छता, शुद्धता र गुणस्तरमा कुनै कम्प्रमाइज गरेका छैनौं ।’

धेरै हाइप्रोफाइलहरु आफ्नो नियमित ग्राहक भएको उनले बताए ।

‘गुणस्तरीय मासु उपलब्ध गराउने भएकाले धेरै हाइप्रोफाइल हाम्रा ग्राहक हुनुहुन्छ, हाम्रो कस्टुमर सेटिस्फ्याक्सन निकै राम्रो छ,’ उनले भने ।

प्रभु बैंकका लाखौं ग्राहक र हजारौं कर्मचारी छन् ।


क्लिकमान्डु