मौद्रिक नीति पास गर्न शुक्रबार बिहान राष्ट्र बैंकको सञ्चालक समिति बैठक बस्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समिति वैठक शुक्रबार (भोलि) बिहान ८ बजे बस्ने भएको छ । मौद्रिक नीति तर्जुमा प्रयोजनका लागि राष्ट्र बैंकको बोर्ड बैठक बस्न लागेको एक सञ्चालकले जानकारी दिए ।

केन्द्रीय बैंकको व्यवस्थापन समितिले पास गरेको मौद्रिक नीतिलाई सञ्चालक समितिले अनुमोदन गरेपछि शुक्रबारै सार्वजनिक हुनेछ ।

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थ मन्त्री विष्णु पौडलको ग्रिन सिग्नलपछि साउन ४ गते नै मौद्रिक नीति प्रस्तुत गर्न लागेका हुन् । मन्त्री पौडेलले मौद्रिक नीतिमा आफूले कुनै हस्तक्षेप वा इन्फ्लुयन्स नगर्ने भनेपछि तयार भएको अन्तिम मस्यौदालाई मुर्तरुप दिइएको हो ।

यद्यपि अर्थतन्त्र चलायमान बनाउन हालको कर्जा विस्तार दर पर्याप्त नरहेको संकेत अर्थ मन्त्रालयले दिएको छ । आर्थिक वर्ष २०८०/८१ मा कर्जा विस्तार दर करिब ६ प्रतिशत रहेको र आव २०८१/८२ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न यही दरको वृद्धिदरले नपुग्ने दिशानिर्देश गरेको स्रोत बताउँछ ।


क्लिकमान्डु