एसियाका उत्कृष्ट ५० बारमा पर्‍यो नेपालको बार्क, हङकङकको बार लियोन पहिलो



बार्क ककटेल बार

काठमाडौं । एसियाका उत्कृष्ट ५० बारमा नेपालको बार्क बार परेको छ ।

गत जुलाई १६ मा हङकङमा एसियाज् ५० बेस्ट बार कार्यक्रमको आयोजना भएको थियो । बार व्यवसायी, सञ्चारमाध्यम र मिक्सओलोजी विज्ञले भोट दिएर ५० उत्कृष्ट बार चयन गरेका हुन् ।

एसियाका उत्कृष्ट बारको सूचीको पहिलो नम्बरमा हङकङको बार लियोन परेको छ । इङकङमा इटालियन ककटेल स्पटको रुपम रहेको बार लियोन सञ्चालनमा आएको एक वर्षमै एसियाको उत्कृष्ट बारको पहिलो नम्बरमा परेको हो ।

दोस्रोमा दक्षिण कोरियाको सियोलमा रहेको जेस्ट बार, तेस्रोमा सिंगापुरमा रहेको जिगर एन्ड पोनी रहेको छ ।

उत्कृष्ट ५० को सूचीमा काठमाडौंको त्रिपुरेश्वरमा रहेको बार्क ककटेल बार समावेश भएको हो ।


क्लिकमान्डु