![](https://clickmandu.com/wp-content/uploads/2024/04/ramchandra-paudel.jpg)
काठमाडौं । अर्थसम्बन्धी तीन वटा विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रमाणीकरण गरेका छन् ।
आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक- २०८१ गरी तीन वटा विधेयक राष्ट्रपति पौडेलले मंगलबार पारित गरेका हुन् । यससँगै अब यी तीन विधेयक कानुनी रूप लिएर स्वत: कार्यान्वयनमा जाँदैछन् ।
यसअघि यी विधेयक संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए ।
प्रतिक्रिया