नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीकोे यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु