प्रचण्डले आज संसद्‍मा विश्वासको मत लिँदै, नयाँ प्रधानमन्त्रीको प्रक्रिया आजैबाट



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विश्वासको मत लिँदै छन् ।

सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा दहालले आज पाँचौं पटक संसद्ववाट विश्वासको मत लिन लागेका हुन् ।

पहिला एमाले र त्यसपछि कांग्रेससँग गठनबन्धन गरेका प्रधानमन्त्री दाहालले एमाले र कांग्रेसले गठबन्धन गर्नेका लागि सहमति गरेसँगै विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस र एमालेबीच संविधान संशोधन, सरकारको नेतृत्वमा आलोपालो गर्ने लगायतको सहमति असार १७ गते भएको थियो । सहमति पछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी ठूलो दलले समर्थन फिर्ता लिएपछि दहाल अल्पमतमा परेका हुन् ।

संसदमा रहेका दुई ठूला दल कांग्रेस र एमालेसहित जसपा, जनमत,जसपा नेपाल लगायतका दलले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेकाले दाहालले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रधानमन्त्री प्रचण्डलाई ३२ सिट रहेको आफ्नो दल नेकपा माओवादी केन्द्र बाहेक २१ सांसद रहेको रास्वपा र १० सांसद रहेको एकीकृत समाजवादीको मात्र समर्थन रहने देखिएको छ ।

विश्वासको मत पाउन नसकेपछि उनी सत्ताबाट बाहिरिने छन् र नयाँ सरकार गठनका लागि प्रकृया सुरु हुने छ ।
कांग्रेस र एमालेबीच पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवाले लिने गरि सहमति भएको छ ।


क्लिकमान्डु