डेडिकेटेड-ट्रंकलाइन विवादः यी ५ उद्योगले बक्यौता तिर्नु नपर्ने, लाइन पनि नकाटिने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म (२८ महिना) को डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउने भन्दै पत्राचार गरेपछि ५ उद्योगलाई राहत मिलेको छ ।

ती उद्योगहरुले यो अवधिको बक्यौता रकम तिर्न बाँकी छैन । जसका कारण पाँच उद्योग ट्रंक र डेडिकेटेडलाइनको विवादबाट हटेका छन् ।  सरकारको निर्णयपछि विनायक स्पात प्रालि, नारायणी स्पात प्रालि, सिद्धी लक्ष्मी स्टील, जगदम्बा इन्टरप्राइजेज र सिता फुड इन्डस्ट्रीलाई राहत मिलेको हो ।

सरकारले बीचको अवधिको बक्यौता उठाउने निर्णय गरेपछि प्राधिकरणले आन्तरिक अध्ययन समिति बनायो । उक्त समितिले तीन अवधिमा छुट्टा छुट्टै अध्ययन गरेर प्रतिवेदन दिएको छ । जसमा पहिलो अवधि (२०७२ साउनदेखि २०७२ पुस) को १ अर्ब ४१ करोड ९० लाख रुपैयाँ बक्यौता रहेको उल्लेख गरेको छ । यो अवधिको सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेकाले हाललाई यथावत राख्न सिफारिस गरेको छ ।

दोस्रो अवधि (२०७२ माघदेखि २०७५ वैशाख) को उठाउने निर्णय गरेको छ ।

तेस्रो अवधि (२०७५ जेठदेखि २०७७ असार) को ९ अर्ब १ करोड ९५ लाख रुपैयाँ बक्यौता छ । मन्त्रिपरिषद्को बैठकले नलिने भन्ने निर्णय गरेकाले नलिन समितिको सिफारिस छ ।

२०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता


क्रस
कम्पनीबक्यौता रकम  (रुपैयाँमा)
अशोक स्टिल १४ करोड ६५ लाख १ हजार
भलवारी चामल कारखाना२३ लाख ९४ हजार
कसमस सिमेन्ट७ करोड ८३ लाख  ५५ हजार
डाबर नेपाल११ करोड ६१ लाख १ हजार
एभरेष्ट रोलिङ मिल्स१४ लाख ६ हजार
जिबी टेक्सटाइल२८ लाख ६५ हजार
घराना फुड्स१५ लाख १५  हजार
घोराही सिमेन्ट उद्योग४० करोड ६८ लाख २८ हजार
गोयन्का फुड्स११ करोड ८१ लाख  ३  हजार
१०हामा आइरन४ करोड ६८ लाख १४ हजार
११हिमाल आइरन एण्ड स्टिल१० करोड ९२ लाख १ हजार
१२हुलास स्टिल११ करोड २९ लाख ६४ हजार
१३जगदम्बा स्टिल१ अर्ब २८ करोड १४ लाख ७४ हजार
१४जगदम्बा सिन्थेटिक्स१६ करोड ४ लाख ३५ हजार
१५जय दुर्गा प्लाष्टिक उद्योग५६ हजार  
१६एजी हेल्थ इन्डस्ट्रिज६१ हजार  
१७ विनायक स्पात प्रालि००
१८युनाईटेड सिमेन्ट९ करोड ९ लाख ४७ हजार
१९ यशोधा फुड्स३ लाख ४० हजार
२०एसआर फुड्स१ करोड १८ लाख ८३ हजार
२१अर्घाखाँची सिमेन्ट३५ करोड ८८ लाख ८६ हजार  
२२विशाल सिमेन्ट इन्स्डस्ट्री२ करोड ६८ लाख २० हजार
२३सोना पोलिमर्स इन्डस्ट्रीज२ लाख ७७ हजार
२४नेशनल रबर इन्ड्स्ट्रिज४७ हजार
२५सिद्धार्थ पेट प्लाष्ट इन्ड्स्ट्रिज१ करोड ४६ लाख २९ हजार
२६न्यु नारायण रबर इन्ड्स्ट्रिज८ लाख २० हजार
२७रिलायन्स स्पेनिङ मिल्स६० करोड २९ लाख ४७ हजार
२८नव नेपाल प्लाष्टिक१ लाख ६४ हजार
२९रोल्पा सिमेन्ट७९ लाख १ हजार
३०श्री निगाले सिमेन्ट४ करोड ६३ लाख ९६ हजार
३१श्री शिवम सिमेन्ट लिमिटेड५२ करोड ६८ लाख ३६ हजार
३२श्याम प्लाष्टिक्स३९ लाख २७ हजार
३३सोना प्याकेजिङ२ लाख ८४ हजार
३४सोनापुर मिनरल्स एण्ड वेल प्रालि१९  करोड ४३ लाख ९९ हजार
३५श्री स्टिल इन्डस्ट्रिज१२ लाख ९९ हजार
३६सुप हवाई कार्यालय                 ४१ लाख ८५ हजार                
३७सुभ लक्ष्मी पोलिमर्स३ लाख २ हजार
३८सूर्य नेपाल३ करोड १७ लाख ९५ हजार
३९त्रिवेणी स्पिनिङ मिल्स२५ करोड ६७ लाख ८९ हजार
४०त्रिवेणी यार्न३ करोड ३६ लाख ६९ हजार  
४१नारायणी स्पात  प्रालि००
४२सिद्धी लक्ष्मी स्टिल००
४३पञ्चकन्या  स्टिल इन्डस्ट्रिज४१ लाख ७५ हजार
४४ बाबा जुट मिल१ करोड ९९ लाख ४१ हजार
४५रघुपति जुट मिल६ करोड ८१ लाख १२ हजार
४६बुटवल सिमेन्ट१४ करोड ७६ लाख ३९ हजार
४७अरिहन्त पोलिप्याक५ करोड २९ लाख ९७ हजार
४८अरिहन्तमल्टी फाइबर९ करोड २२ लाख ३७ हजार
४९हेटौंडा सिमेन्ट३० करोड ३२ लाख ९० हजार
५०पञ्चकन्या प्लाष्टिक१९ लाख  ७१ हजार
५१शुभ श्री अग्नी सिमेन्ट प्रालि७९ लाख ५ हजार
५२मारुती सिमेन्ट प्रालि४५ करोड ६६ लाख १७ हजार
५३सर्वोत्तम सिमेन्ट९ करोड ५७ लाख ९ हजार
५४जगदम्बा इन्टरप्राइज००
५५लक्ष्मी स्टिल१९ करोड ३ लाख  ४४ हजार  
५६सिता फुड इन्डस्ट्री००
५७एभरेष्ट पेपर मिल७ करोड ७ लाख ९४ हजार
५८उदयपुर सिमेन्ट उद्योग३५ करोड २ लाख ५९ हजार
५९जिबी टेक्सटायल (५८२)११ लाख २९ हजार
६०नेपाल टेलिकम८ लाख १९ हजार
६१सम्राट सिमेन्ट३ करोड २ लाख १९ हजार
जम्मा६ अर्ब ६० करोड ७८ लाख  ५९ हजार
स्रोत: नेपाल विद्युत प्राधिकरण

यी कम्पनीको प्राधिकरणले अन्तिम अवधिको बक्यौता देखाएर अघिल्लो पल्ट लाइन काटेको थियो ।  यी सबै कम्पनीको लोडसेडिङ अन्त्य भएपछि मात्रैको बक्यौत थियो । लोडसेडिङ अन्त्य भएपछिको विनायक स्पातको १३ करोड ३१ लाख बक्यौता रहेको भन्दै प्राधिकरणले बिल पठाएको थियो ।

जगदम्बा इन्टरप्राइजेजको १६ करोड ८५ लाख रुपैयाँ, सिता फुड इन्डस्ट्रिजको ४ लाख रुपैयाँ, नारायणी स्पात २१ करोड ९५ लाख रुपैयाँ र सिद्धी लक्ष्मी स्टील १ करोड ७६ लाख रुपैयाँ बक्यौता रहेको भन्दै प्राधिकरणले बिल पठाएको थियो । यस्ता उद्योगहरुको हिसाब लेखांकन गरी असुल उपर गर्नु नपर्ने रकम यकिन गरी ग्राहक खातामा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको छ । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बुधबार राती ९ बजे जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको छ।

प्राधिकरणका अनुसार जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । प्राधिकरणले योसँगै ५ वटा उद्योगको लाइन काटेको छ ।

मंगलबार प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको छ ।

प्राधिकरणले अरु उद्योगको समेत लाइन काट्दैछ । बक्यौता नरहेका कारण पाँच उद्योगको भने लाइन काटिने छैन् ।

मंगलबार उद्योगीहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्राधिकरणले लाइन काट्ने तयारी गरेको जानकारी पाएपछि उनीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।  उनीहरुले न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाए । उनीहरुले सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।


क्लिकमान्डु